काठमाडौं, ७ माघ । विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग ५ लाख धरौटी माग गरेको छ। बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले डा. मिश्रासँग ५ लाख धरौटी माग गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत कार्तिक २ गते म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रसहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।




प्रतिक्रिया