बालेनको लज्जास्पद हार हुनेमा ओली ढुक्क


काठमाडौं, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा एमालेबाहेक अरु कसैले पनि चुनाव नजित्ने बताएका छन् । आज (बुधबार) झापामा आयोजित एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेसँग कार्यकर्ता, सुदृढ संगठन, समर्थक र सुभेच्छुक रहेको कारण चुनाव जित्नेमा कुनै शंका नरहेको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलक्षित गर्दै केही पनि नभएका मान्छेहरुले हल्ला चलाएर एमालेले चुनाव नहार्ने बताए । उनले बालेनको चुनावी अभियानलाई सामाजिक सञ्जालको तामासाको संज्ञा दिए । बालेनलगायत झापा ५ बाट उम्मेदवारी दिएकाहरुले चुनाव हार्ने ओलीको दाबी छ ।

‘हामीबाहेक अरु कसैले जित्दैन । हामीसँग सुदृढ संगठन छ । हाम्रा कार्यकर्ता छन्, संगठन छ, समर्थक सुभेच्छुकहरु छन् । केही पनि नभएका मान्छेले यहाँ हल्ला चलाइरहेका छन् । यो सामाजिक सञ्जालको तमासा मात्रै हो,’– उनले भने ।

साथै, उनले रास्वपा वरिष्ठ नेता शाहसँग भिजन, नीति, कार्यक्रम, गन्तव्य केही पनि नरहेको र उनी केवल टे«ड मिलमा डौडिरहेको ओलीले टिप्पणी गरे । ट्रेड मिलमा डौडिएर गन्तव्यमा पुग्न नसकिने उनको भनाइ छ । ‘भिजन, नीति, कार्यक्रम, गन्तव्य छैन । हिँड्नेमात्रै कहाँ जाने हो ? ट्रेड मिलमा डौडिएर कहीँ पनि पुगिँदैन । सामाजिक सञ्जाल प्रेरित ट्रेड मिलको यात्रा हो । आक्रोश, आवेशको होइन,’– उनले भने ।