रेशम चौधरीको उम्मेदवारी बदरको माग गर्दै उजुरी


काठमाडौं, ७ माघ । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशमलाल चौधरीको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका चौधरीविरुद्ध दाबीविरोधका क्रममा आज उजुरी दर्ता भएको हो ।

टीकापुर १ कैलालीको सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । ‘रेशमलाल चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भई उक्त मुद्दा अन्तिम फैसला भएकाले मनोनयन पत्र बदर गरी खारेज गरिपाऊँ,’– उजुरीमा भनिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरीविरुद्ध प्रमाण पेश गर्न भनेको छ ।