नेपालको राजनीतिमा विदेशी चलखेल बढ्यो, पुराना दलहरुबीच सहकार्य आवश्यक छः कांग्रेस नेता विश्वकर्मा


काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपालको आन्तरिक राजनीतिमा विदेशी चलखेल बढेको बताएका छन् । उनले विदेशी चलखेल रोक्न र नेपालको सार्वभौमिकताको रक्षा गर्न पुराना र स्थापित दलहरु एक हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘नेपालको आन्तरिक राजनीतिमा विदेशी चलखेल अत्यन्तै बढेको छ । यसलाई रोक्न र मुलूकको सार्वभौमिकताको रक्षा गर्न विचारमा आधारित संगठन भएका, क्रान्ति संघर्ष र आन्दोलनबाट खारिएका पटक–पटकको परीक्षामा उतीर्ण पुराना र स्थापित दलहरूको सहकार्य अझै आवश्यक छ,’– उनले भनेका छन् ।