चुनावी मैदानमा होमिएका धमलालाई पूर्व राष्ट्रपति भण्डारीको शुभकामना, ‘राजनीतिक जीवन सफल रहोस्’


काठमाडौं, ८ माघ । पत्रकारिता छाडेर चुनावी मैदानमा होमिएका ऋषि धमलालाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् । पूर्व राष्ट्रपति भण्डारीले धमलाको सक्रिय राजनीतिक जीवन सफल रहोस् भन्दै कामना गरेकी छन् ।

पूर्व राष्ट्रपति भण्डारी धमलालाई एक अनुभवी र प्रसिद्ध पत्रकारको रुपमा सम्झिन्छिन् । उनले भनिन्, ‘उहाँलाई शुभकामना दिन चाहन्छु । धेरै अनुभवी पत्रकार, प्रसिद्ध पनि हुनुहुन्थ्यो । सकृय राजनीतिमा जानुभयो । मेरो उहाँलाई सक्रिय राजनीतिक जीवन सफल रहोस् भन्ने शुभकामना छ ।’

आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि धमलाले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । धमला हाल निर्वाचन क्षेत्रका जनता भेटघाट र अन्तरक्रियामा व्यस्त छन् ।