अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा


न्यूयोर्क, ८ माघ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिकहरु मारिनुका साथै घाइते भएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले पछिल्लो समयमा सबै प्रकारका आतङ्कवादले अफगानिस्तान र विश्वमै शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा स्थान बनेको पुष्टि गरेका छन् ।

निन्दनीय कार्यहरूका आयोजक, र प्रायोजकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन“ आवश्यक रहेको कुरामा जोड दिँदै काउन्सिलले “सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्तावहरूअन्तर्गत आफ्ना दायित्वहरू अनुसार सक्रिय रूपमा सहयोग गर्न“ आग्रह गरेको छ ।

सुरक्षा परिषद्का सदस्यहरूले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको बताउदै यसले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून, र अन्तर्राष्ट्रिय मानवीय कानून विपरित अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतराहरू“ विरुद्ध लड्नुपर्ने बताएको छ । रासस