विशेष महाधिवेशनले कांग्रेस तन्दुरुस्त भइसक्यो, टिकट वितरणमा पनि तुलनात्मक रुपमा असन्तुष्टि कम रह्योः प्रवक्ता चालिसे


काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी जागिरेहको बताएका छन् । विशेष महाधिवेशनले कांग्रेस तन्दुरुस्त भइसकेको उनले बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै नेता चालिसेले तुुलनात्मक रुपमा प्रतिनिधिसभाको टिकट वितरणमा असन्तुष्टि कम रहेको पनि बताए ।

कांग्रेसले कूल १६५ मा १०६ जना नयाँ उम्मेदवार तयार गरेर निर्वाचनमा होमिएको उनले बताए । यतिधेरै परिवर्तन कुनै पार्टीमा पनि नरहेको उनको भनाइ छ । पार्टी सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्नुलाई उनले तराईको माटो र समस्यालाई निर्णायक ठाउँमा पुर्याउने कदमको रुपमा लिए ।

‘पार्टीका सभापतिको हाइट त्यो हुनुपर्छ कि– सबै देश नै उसको निर्वाचन क्षेत्र हो । सबै देशभरीका जनतामा, कार्यकर्तामा समभाव राख्नुपर्ने आवश्यकता पर्छ । तराइमा जानुभएको खास कारण चाहिँ के हो भने– तराईको माटो सिंहदरबारको निर्णयक ठाउँमा पुगेकोजस्तो भएको छैन । तराइका समस्याहरु पार्टीको निर्णायक ठाउँमा पुगोस् भनेर उहाँ तराइमा जानुभएको हो,’– उनले भने ।