महावीरलाई सघाउन लामिछाने सकारात्मक


काठमाडौं, ८ माघ । शिक्षामन्त्रीबाट अप्रत्यासित राजीनामा दिएर चुनावी प्रतिष्पर्धामा उत्रिएका महावीर पुनलाई सघाउन रास्वपाका सभापति रवि लामिछाने सकारात्मक बनेका छन् । पुनले उम्मेदवारी दर्ता गराउने दिन अर्थात माघ ६ गतेमात्रै आफू चुनाव उठ्ने निर्णय लिएको बताएका छन् ।

उनी अहिले म्याग्दीमा चुनावी मैदानमा उत्रिएसँगै मत माग्न जनताको घरदैलोमा व्यस्त देखिएका छन् । तर, उनलाई सघाउनेबारे रास्वपाका सभापति रवि लामिछाने सकारात्मक बनेको बुझिएको छ । सो क्षेत्रमा रास्वपाबाट युवराज रोका चुनावी मैदानमा छन् । उनलाई लामिछानेले उम्मेदवारी फिर्ता लिन लगाएर महावीरलाई सघाउन लगाउने चर्चा चल्न थालेको छ ।

महावीरजतिको व्यक्तित्व सदनमा चाहिने भन्दै रास्वपाका शीर्ष नेताहरुसँगको छलफलपछि सभापति लामिछाने उनलाई सघाउने निश्कर्षमा पुगेको बताईन्छ । उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ताको लागि भोलि माघ ९ गतेसम्मको समय तोकिएको छ ।