काठमाडौं, ८ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरिबोल गजुरेललगायतका नेताहरुलाई काठमाडौं बोलाएका छन् । नेकपाले सिन्धुलीमा उम्मेदवार बनाएका लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएपछि विवाद मिलाउन प्रचण्डले उनीहरुलाई काठमाडौंमा बोलाएका हुन् ।
नेता गजुरेल बागी उम्मेदवारका प्रस्तावक हुन् । प्रचण्डले बागी उम्मेदवारका प्रस्ताव र समर्थकहरुलाई काठमाडौं बोलाएका छन् । सिन्धुली क्षेत्र नम्बर २ मा बागी उम्मेदवारीले नेकपामा हलचल ल्याएको छ । अहिले आफूहरु काठमाडौं आइरहेको नेता गजुरेलले रिपोर्टर्स नेपललाई बताए ।
नेता गजुरेलका अनुसार उम्मेदवार महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझी पनि प्रचण्डले बोलाएपछि काठमाडौं आइरहेका छन् ।




प्रतिक्रिया