अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु


अफ्रीका, ८ माघ  । अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीहरूको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ ।

स्रोतहरूले सयौं आतङ्ककारीहरूले देशको पूर्वी भागमा गौरमा प्रान्तको डायपाङ्गोउ विभागको बाल्गा क्षेत्रमा सुरक्षा क्षेत्र लक्षित आक्रमण गरेको जनाएका छन् । आक्रमणको परिणामस्वरूप घटनास्थलमा सात जना प्रहरी अधिकारीहरूको तत्काल मृत्यु भएको र अन्य चार जना घाइतेको उपचारको क्रममा मृत्यु भएसँगै मृत्यृतकको सङ्ख्या ११ पुगेको , जनाइएको छ ।

अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोले सन् २०१५ देखि अल–कायदासँग सम्बन्धित सशस्त्र समूहहरूले बारम्बार आक्रमण भइरहेको जनाइएको छ । रासस