काठमाडौं, ८ माघ । सरकारको प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्याल तोकिएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्कको बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका जगदीश खरेलले पदबाट राजीनामा दिएपछि सरकारको प्रवक्ता रिक्त रहेको थियो । खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिएका थिए ।




प्रतिक्रिया