रेशम चौधरीको उम्मेदवारी रद्द, चुनाव लड्न पाएनन्


काठमाडौं, ८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी रद्द भएको भएको छ । योसँग उनी चुनाव लड्नबाट बञ्चित भएका छन् । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएका थिए ।

टीकापुर १ कैलालीको सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भई उक्त मुद्दा अन्तिम फैसला भएकाले मनोनयन पत्र बदर गरी खारेज गर्न माग गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीमा भने निर्वाचन आयोगले उजुरी खारेज गर्दै उम्मेदवारी कायम गरेको छ ।