एउटै वडाका चार जना चुनाव लड्दै


अर्घाखाँची, ९ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका–५ बागीका चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका–५ बागी एउटै गाउँका रहेका छन्।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका–४ खनकाका बासिन्दा हुन । मालारानी गाउँपालिकाका पाँच जना उम्मेदवार छन् । अर्घाखाँचीमा विभिन्न पार्टी र स्वतन्त्र गरी एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रासस