काठमाडौं, ९ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले बागी उम्मेदवारी फिर्ता गराउन अस्वीकार गरेका छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले गजुरेललाई सिन्धुली क्षेत्र नम्बर २ को बागी उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका थिए । तर, नेता गजुरेलले प्रचण्ड–माधवको आग्रहलाई अस्वीकार गरेका हुन् ।
सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाले लेखनाथ दाहाल (राजन) लाई आधिकारिक उम्मेदवार बनाएको थियो । तर, पार्टीको उम्मेदवारको विरुद्ध हरिबोलेले आफैं प्रस्तावक बसेर महेश्वर दाहाललाई उम्मेदवार बनाएका थिए ।
उम्मेदवारी फिर्ता लिन नेता गजुरेल र बागी उम्मेदवार दाहाललाई लिखित निर्देशन दिइएकोमा उनीहरुले अस्वीकार गरका हुन् । सिन्धुली २ का बागी उम्मेदवारले कुनै पनि हातलमा उम्मेदवारी फिर्ता नलिने नेता गजुरेलको अडान रहेको छ । नेता गजुरेलले पार्टीका आधिकारिक उम्मेदवार भनिएका राजन दाहाललाई चाहिँ ब्याक गराउन प्रचण्ड–माधवलाई सुझाव दिएका छन् ।




प्रतिक्रिया