सिन्धुली-२ मा महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन हरिबोल गजुरेललाई प्रचण्डको निर्देशन


काठमाडौं, ९ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली २ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता लिनको लागि हरिबोल गजुरेललाई निर्देशन दिएका छन् ।

महेश्वरको उम्मेदवारी दर्तामा हरिबोल गजुरेल प्रस्ताव थिए । सो विषयमा पनि प्रचण्डले सोधेका छन् । निर्देशनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न र अनधिकृत उम्मेदवारको उम्मेदवारी फिर्ता लिन भनिएको छ । सो क्षेत्रमा राजन दाहाल उम्मेदवार छन् । राजन दाहाल र हरिबोल गजुरेलबीच पहिल्यैदेखि नै राजनीतिक रुपमा त्यति राम्रो सम्बन्ध नभएको चर्चा छ ।