पदबहालीका लागि गगन सानेपा पुगे


काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन् । विशेष महाधिवेशनबाट सभापति चयन भएपछि उनी पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरेका हुन् ।

विशेष महाधिवेशनबाट सभापति चयन भएपछि उनले एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक राखेका थिए । गत पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । उक्त विशेष महाधिवेशनले थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्दै आएका सभापति थापाले २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । पदबहालीपछि उनी आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जाने बताइएको छ ।