काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । आज (शुक्रबार) बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको हो ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सभापति शर्मालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर जाने प्रस्ताव केन्दीय समितिमा पेश गरेका थिए । उपसभापति शर्माको प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको हो ।
जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको उपसभापति शर्माको भनाइ छ ।




प्रतिक्रिया