काठमाडौं, ९ माघ । नेपाली विद्यार्थी संघका नेता मोहम्मद माजिद प्रवेजले जेनजी आन्दोलनकी अगुवा रक्षा बमलाई पार्टी नेतृत्वले संसदीय निर्वाचनको लागि टिकट अफर गरेको विषयमा प्रश्न उठाएका छन् । उनले पार्टी सभापति गगनकुमार थापा र उपसभपाति विश्वप्रकाश शर्मालाई मेन्सन गर्दै फेशबुकमार्फत यदि बमलाई टिकट अफर गरेको कुरा साँचो हो भने नेविसंघ र तरुण दलगायतका भातृ संगठनहरु खारेज गरिदिए हुन्छ भनेर सुझाव दिएका छन् ।
उनले पार्टी नेतृत्वले रक्षा बमलाई टिकट अफर गरेपछि नेविसंघ र तरुण दल पार्टीको नर्सरी होईन रहेछ भन्ने बुझिएको भन्दै असहमति प्रकट गरेका छन् । उम्मेदवारी मनोयनन दर्ताको दिन काठमाडौं १ बाट चुनाव लड्नको लागि बमलाई कांग्रेसले अफर गरेको कुरा स्वयम बमले पनि मिडियामार्फत खुलाएकी थिईन् । यही विषयमा नेविसंघ नेता परवेजले नेतृत्वसँग प्रश्न उठएका हुन् । उनले लेखेका छन्-
यदि यो कुरा सांचो हो भने Gagan Thapa Bishwa Prakash Sharma , तपाईहरुले नेविसंघ / तरुनदल लगायत खारेज गर्दिए हुन्छ , अब नेविसघ तरुनदल पार्टीको नर्सरी हैन रहेको बुझियो । जेनजी आन्दोलनपछि राजनीतिक तथा कानुनी शून्यतामा पुगेको देशलाई सही दिशातर्फ निकास दिन फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन गर्नुहुने सम्पूर्ण उम्मेदवारज्यूहरूलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।
जेनजी आन्दोलनको भावना र मर्मलाई संस्थागत गर्दै आन्दोलनका क्रममा भएको डरलाग्दो विध्वंससमेतको गम्भीर समीक्षा गरी लोकतन्त्र, विधिको शासन र दिगो राजनीतिक स्थायित्वतर्फ राष्ट्रलाई अग्रसर गराउने ऐतिहासिक जिम्मेवारी यस निर्वाचनमार्फत आम मतदाताले वहन गर्नेछन् भन्ने दृढ विश्वास लिएको छु। जय नेपाल।
file photo




प्रतिक्रिया