महावीर पुनले पाए त्रिभुज चिह्न


काठमाडौं, ९ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । उनी शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेकोले चुनाव चिह्न भने आजमात्रै प्राप्त गरेका हुन् । आज शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पुनले त्रिभुज चुनाव चिह्न रोजेका हुन् ।

उनले आफ्नो चुनाव चिन्ह फेशबुकमा सार्वजनिक गर्दै यो चुनावमा प्रतिष्पर्धामा रहेका देशभरिका सबै स्वतन्त्र उम्मेदवारलाई यही चिह्न प्रयोग गर्न पनि सुझाव दिएका छन् ।