मन्त्रिपरिषद्का ९ निर्णयः अनुदान सहायता स्वीकारदेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म


काठमाडौं, ९ माघ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छ । सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले जेन–जी आन्दोलनको छानबिन गर्न बनेको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री अर्यालले बताए ।

त्यसैगरी, सरकारले सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले भारतको नयाँ दिल्लीमा माघ २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुनका लागि कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.मदन परियार र मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।