काठमाडौं, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचार प्रसारको क्रममा तेह्रथुमको मेयङलुङ पुगेका छन् । मनोनयन दर्तापश्चात बालेन रास्वपाको चुनावी प्रचार प्रशारको लागि पूर्वी नेपालमा रहेका छन् ।
बालेनले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्नका लागि मनोनयन दर्ता गराएका छन् । बालेनले झापा ५ मा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्दैछन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।




प्रतिक्रिया