नागरिक समाजका अगुवा युग पाठक नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश


काठमाडौं, १० माघ । नागरिक समाजका अगुवा, राजनीतिक विश्लेषक एवं लेखक युग पाठक नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

‘पार्टीमा स्वागत गर्न पाउँदा हामीलाई खुसी र गर्वको महशुस भएको छ । तपाईँलाई धेरै–धेरै स्वागत छ, बधाइ छ,’– युग पाठकलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने ।