काठमाडौं, १० माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाउनु आफूहरुको जिम्मेवारी भएको बताएका छन् । उनले अहिले पार्टीको नेतृत्वमा भएकाहरुको अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउने नभएर सबैलाई जोड्ने उर्जा प्रदान गरिनुपर्ने बताएका हुन् ।
उनले एमालेलाई जिताउने आफूहरुको साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ नराख्ने भनेका छन् । उनले अहिले आफू एमालेका उम्मेदवारहरुलाई जिताउन र संगठनको साख जोगाउने पूर्ण रुपमा मैदानमा खटिइसकेको पनि दाबी गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–
निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो; यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ। आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्युनिकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो। टिकट वितरणको ’क्याल्कुलेसन’ लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार ग¥यौं, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन। तसर्थ, टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।




प्रतिक्रिया