झापा–५ मा रञ्जित तामाङको चुनावी कमाण्डर तोकिए सुरेन्द्र बस्नेत


काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टीका झापा–५ का उम्मेदवार रञ्जित तामाङले चुनाव परिचालन मूल समिति गठन गरेका छन् । पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत तामाङको चुनावी कमाण्डर बनेका हुन् । बस्नेतको नेतृत्वमा आज ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति घोषणा गरिएको हो ।

आज (शनिबार) दमकमा आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट सो समिति घोषणा भएको उम्मेदवार तामाङले जानकारी दिए । उक्त परिचालन समितिमा पार्टीका केन्द्रीय सदस्य दिपेनवाला राई, वीरेन्द्र बस्नेत, गगन पुरी, सबै प्रदेश समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, पालिका समितिहरू सबै र वडा समिति पदाधिकारीहरू रहेका छन् । यो क्षेत्रमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रतिष्पर्धामा छन् ।