५२ जनाले तिरेनन् सरकारको रकम, तीनपुस्ते विवरण सार्वजनिक


काठमाडौं, माघ ११। सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । आइतबार महालेखा नियन्त्रकको कार्यालयअन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण सार्वजनिक गरेको हो । कार्यालयले उनीहरुलाई ३५ दिनभित्र साँवा ब्याज तिर्न समय दिएको छ ।

सरकारलाई यसरी रकम नतिर्नेमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्य, मत्स्य पालन तनहुँका मुक्तिनाथ शर्मा, काजी थापा, छिमी गुरुङ, रामजी कुमार श्रेष्ठलगायत छन् ।