काठमाडौं, ११ माघ । राजनीतिक विश्लेषक निलम्बर आचार्यले अहिले राजनीति संविधानबाट बाहिर गएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले प्रतिनिधि संस्थाप्रति जिम्मेवार सरकार नहुन र संविधानभन्दा बाहिरको सरकार बन्नुलाई राजनीति संविधान बाहिर गएको भन्न सकिने बताएका हुन् । यस्तो अवस्थामा जतिसक्दो चाँडो निर्वाचित प्रतिनिधिसभा आउनु अनिवार्य रहेको उनले बताए ।
‘जतिसक्दो चाँडो प्रतिनिधिसभा अर्थात् निर्वाचित प्रतिनिधि संस्था आउनु अनिवार्य छ । त्यसैले निर्वाचन हुनु अनिवार्य छ । निर्वाचन भएन भने उहीँ पूरानै प्रतिनिधिसभामा फर्किनुपर्ने बाध्यता छ । निर्वाचनबाट पनि समस्या समाधान हुन्छ हुँदैन, त्यो प्रश्न बेग्लै छ । तर, प्रतिनिधिसभा आउनुको विकल्प छैन,’– उनले भने, ‘निर्वाचन भएन भने प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ । प्रतिनिधिसभा पुनरस्थापना भएन भने आन्दोलनको वातावरण बन्छ ।’
साथै, उनले निर्वाचनपछि पनि मुलुकलाई दिशा दिनका लागि कांग्रेस, एमाले, माओवादीलगायत ४÷५ वटा पार्टी नै समझदारीमा आउन जरुरी रहेको उनले बताए । उनले वर्तमान सरकारको म्याण्डेट नै निर्वाचन गराउनु रहेको बताए । उनले अहिलेको नागरिक सरकारप्रति जनताको विश्वास नै नरहेको बताए ।




प्रतिक्रिया