काठमाडौं, ११ माघ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका धर्मगुरु पुष्कर खतिवडाले आफ्नो जितको सम्भावना शून्य प्रतिशत रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो जितको सम्भावना नहुँदा नहुँदै पनि आफूले हिम्मत गरेर उम्मेदवारी दिएको बताएका हुन् ।
‘दुई शक्तिशाली नेताको बीचमा पिसिन म गइरहेको छु । मलाई यो पनि थाहा छ कि– मेरो जितको सम्भावना शून्य प्रतिशतमा छ । अथवा मैले जित्ने प्रकारको कुनै पनि सम्भावना छैन । तर, मेरो हिम्मत भ्रष्टहरुको मुटु फुटाउनका लागि पर्याप्त छ भनेर आफ्नो उम्मेदवारी दर्ता गराएको छु,’– उनले भने ।
झापा ५ मा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका केपी शर्मा अोली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रतिस्पर्धामा छन् । झापा ५ मा बालेन र ओलीबीच कडा चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।




प्रतिक्रिया