माधव नेपालको व्यस्तता : काठमाडौंमा छोटो समय बसेर चुनावी मैदानमा फर्किए, जित्ने रणनीति बुन्दै


काठमाडौं, ११ माघ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट पुगेका छन् । २१ फागुनमा हुने निर्वाचनको लागि नेता नेपालले रौतहट–१ बाट आफ्नो मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा कांग्रेसले अनिलकुमार झा र एमालेले अजय गुप्तालाई प्रतिष्पर्धामा उतारेको छ। यस्तै, रौतहटमा राम्रो प्रभाव जमाएका आम जनता पार्टीले भने यो क्षेत्रमा त्रिभुवन साहलाई मैदानमा उतारेको छ ।

नेता नेपाललाई चुनाव जित्नको लागि विगतभन्दा धेरै मेहनत गर्नुपर्ने विश्लेषण आईरहेका छन् । नेता नेपाल उम्मेदवारी दर्तापछि छोटो समयको लागि काठमाडौं आएका थिए । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउन आएका नेपाल हिजो नै रौतहट झरिसकेका छन् । उनले अहिले चुनावी प्रचारप्रसारलाई आक्रामक बनाएका छन् ।

पार्टीका युवा नेताहरु यतिवेला फिल्डमै खटिएका छन् । राजनीतिक जीवनको उत्तरार्धमा माध नेपालले भ्रष्टाचारको मुद्दा खेप्नुपरेको छ । निर्वाचन मनोनयन दर्ताको समयमा नै उनी कानूनी झमेलामा पर्न खोजेका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी कायम गरेको छ । उनले चुनाव जितेपनि संसद् छिर्न नपाउने भएका हुन् ।

उनीविरुद्धको काभ्रेमा पतञ्जलीको जग्गा खरिदसम्बन्धी भ्रष्टाचारको मुद्दा अहिलेपनि विचाराधिन छ । चुनावको लागि उम्मेदवारी दर्ता गराएकै दिनदिन माधव नेपालको मोरल डाउन भएको छ । विगत वर्षहरुझैं यसपटक माधव नेपाललाई चुनाव जित्नपनि कठिन रहेको विश्लेषण गरिएको छ । त्यहीभएर उनी अलिक बढि नै मेहनत गर्नकोलागि भनेर गृहजिल्ला झरेका हुन् ।