काठमाडौं, ११ माघ । प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा सरिक भएकी छन् । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक पनि प्रदान गरिएको थियो।
प्रधानमन्त्री कार्कीले दीक्षित विद्यार्थीहरुलाई नेपालमै बसेर अवसरहरुको खोजी गर्न आग्रह गरिन् । उनले नेपालाई यहीँका मान्छेहरुले बस्न लायक बनाउनुपर्ने बताईन् । यहाँका तमाम बेथितिहरुबाट भागेर नभई डटेर सामना गर्नुपर्ने उनको भनाइ छ ।
‘यो देश हाम्रो हो, हामीले नै बनाउने हो भावका साथ सबै अगाडि बढौं । हामीले नै यसलाई बस्न लायक बनाउने हो । हामीले नबनाए कोही आएर बनाइँदिदैन । यहाँका तमाम बेथितिबाट भाग्ने होइन, हामी आफैं डटेर सामना गर्नुपर्छ । आफू बसेको ठाउँ आफैंले सफा गर्नुपर्छ । तसर्थ यहाँहरु सकेसम्म नेपालमै केही गर्नुहोस्, नेपालमै अवसरहरुको पहिचान गर्नुहोस्,’– उनले भनिन् ।




प्रतिक्रिया