काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य चयनका लागि गण्डकी प्रदेशमा भएको मतदान कार्य सम्पन्न भएको छ । आगामी २० फागुनदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य चयनका लागि आज (आइतबार) सातै प्रदेशम निर्वाचन भएको थियो ।
गण्डकीमा दिउँसो ३ बजे मतदान सकिएको हो । मतदानमा कूल २ सय २३ जनाले मत दिएका छन् । प्रदेशतर्फ ५७ र पालिकातर्फ १ सय ६६ जनाले गरी २ सय २३ जनाले मतदान गरेको बताइएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट २ पदका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् । गण्डकीमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन रहेको छ ।




प्रतिक्रिया