काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईँले पार्टीसँगको आवद्धता समाप्त पार्ने सोचमा पुगेको बताएका छन् । उनले एकाध निकृष्ट पात्रका कारण कांग्रेस छाड्न लागेको पनि बताएका छन् । उक्त पात्र को–को हो भन्ने कुरा चाहिँ उनले खुलाएका छैनन् ।
‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आवद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ । धेरैलाई सन्तानको सुख र गास नामसारी गरिदिएँ । कैयौँको जीवन जोगाईदिएँ । एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो,’– उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।




प्रतिक्रिया