काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी छन् । उनी कोशी प्रदेशमा महिलातर्फको क्लाष्टरबाट निर्वाचित भएकी हुन् ।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । दलिततर्फको मत गणना जारी रहेको बताइएको छ । अन्यतर्फका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका थिए ।
मेचे नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यस हुन् । मेचेले एमाले अध्यक्ष तथा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेकी थिईन् ।




प्रतिक्रिया