राष्ट्रिय सभा सदस्यमा कर्णालीबाट एमालेकी रखाल र कांग्रेसका शाही विजयी


काठमाडौं, ११ माघ । कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। आज (आइतबार) भएको मतदानमा दुई दलबीच बनेको गठवन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिनासिं रखाल विजयी भएका हुन् ।

रखाल एमालेबाट र शाही कांग्रेसबाट उम्मेदवार बनेका थिए । रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भईन् ।

त्यसैगरी कांग्रेसका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ १ सय मतभार प्राप्त गरी विजयी भएका हुन् ।