राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी निर्वाचित


काठमाडौं, ११ माघ । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन् । यो निर्वाचनमा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन थियो ।

महिला समूहबाट एमालेकी भण्डारी निर्वाचित हुँदा उनले ३ हजार ९८४ मतभार प्राप्त गरेकी हुन् । यस्तै, अन्य समूहबाट निर्वाचित कांग्रेसका खम्मबहादुर खातीले ३ हजार ९ सय ६९ मत ल्याएका छन् । file photo