काठमाडौं, माघ १२ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सल्लाही जाने भएका छन् ।सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका थापा आज मतदातालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।
उनको सचिवालयका अनुसार थापा बिहान १० बजेको फ्लाइटमा त्यहाँ जाने तयारी रहेको छ। उनले मतदातालाई सम्बोधन गर्नेछन् । यसअघि तीन पटकसम्म काठमाडौं ४ बाट निर्वाचित भएका उनले यसपटक सर्लाही ४ बाट उम्मेदवारी दिएका छन्।




प्रतिक्रिया