काठमाडौं, माघ १२ । आज भारतले आज ७७ औँ गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दै छ ।
समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ ।
युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मुख्य अतिथि रहने छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरू हुने र ९० मिनेटसम्म चल्ने छ ।
परेडको सुरुवात अघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विविधतामा एकता’ विषयमा प्रस्तुति दिने बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औँ गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत् देशवासीलाई बधाई दिएका छन् ।




प्रतिक्रिया