सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, १२ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (सोमबार) दिउँसो साढे ३ बजे प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक आह्वान गरेको बताइएको छ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा आसन्न निर्वाचनका लागि आवश्यक पर्ने रणनीतिका बारेमा छलफलसमेत हुने बताइएको छ । File Photo