देश जोड्न म मधेश जाँदैछुः गगन थापा (भिडिओसहित)


काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको बताएका छन् । आज (सोमबार) एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु ।’

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका उनले आफू एक क्षेत्रको मात्रै नभएर सिंगो नेपालको हुन्छ भन्ने विश्वास रहेको उनले बताए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने बताएका छन् ।

‘म सिङ्गो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गर्दैगर्दा काठमाडौं ४ लाई पनि म मन मुटुमा लिएर हिँड्न सक्छु । सर्लाहीबाट पनि म नयाँ अनुभव लिएर आउने छु,’– उनले भनेका छन् ।