काबुल, १२माघ । मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ ।
विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा विषाक्त ग्यास कोठा भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ ।
पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको दुर्गम जिल्लाबाट निली आई घटनाको समयमा आफ्नो अध्ययनमा संलग्न रहेको जनाइएको छ ।
यस अघि, उत्तरी बदख्सान प्रान्तको ढुङ्गाको खानीमा कार्बन मोनो -अक्साइड विषाक्तताका कारण कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको थियो ।
अफगानिस्तानमा कठोर जाडो र तातोको अभावले धेरै घरपरिवारलाई काठ वा कोइला परम्परागत स्टोभमा भर पर्न बाध्य पार्छ भने खराब भेन्टिलेसन र कम गुणस्तरको इन्धनको प्रयोगका कारण यस्ता घटनाहरु घट्ने गरेको बताइएको छ । रासस




प्रतिक्रिया