काठमाडौं, १२ माघ । दाङको राजपुर गाउँपालिका, वडा नंं ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) राजेश कुमार कहारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
वडाअध्यक्ष अहिर, स्थानीय पञ्जिकाधिकारी कहार, इलाका प्रशासन कार्यालय लमही दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नंं ४ की तत्कालीन कार्यालय सहायक मिना चौधरी, आलम जोल्हा र आएसा जोल्हाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध भारतीय नागरिक आलम जोल्हालाई पैसा लिई नागरिकता दिलाई भ्रष्टाचार गरेको आरोप छ । प्रतिवादीहरुविरुद्ध जरिवाना र कैद सजाय माग गरिएको छ ।




प्रतिक्रिया