काठमाडौं, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहका पाँच समर्थक घाइते भएका छन् । बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा पुगेका बालेनका समर्थकहरु गाडीबाट खसेर घाइते भएका हुन् ।
बालेनका समर्थकहरु नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेको बताइएको छ । बालेन आज चुनावी प्रचार प्रसारको क्रममा नेपालगञ्ज गएका छन् । उनलाई स्वागत गर्न पुगेका समर्थकहरु गाडीबाट खसेर घाइते भएका ह ुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीमा चढेका केही व्यक्ति पछाडिको ढालाबाट खसेका थिए ।
विमानस्थलभित्रैको सडक भएकाले गाडीको स्पिड कम हुँदा उनीहरु सामान्य घाइते भएको बताइएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बालेन पश्चिम नेपालतर्फ लागेका हुन् । उनले केही दिनअघि मात्रै पूर्वी नेपालका जिल्लाहरुमा चुनाव प्रचार प्रसार सकेर फर्किएका थिए ।
रास्वपाका वरिष्ठ नेता रहेका काठमाडौं महानगरका पूर्व मेयर बालेन भने झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । बालेनले एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।




प्रतिक्रिया