हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी, चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोप


काठमाडौं, १२ माघ । निर्वाचन आयोगमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध उजुरी परेको छ । उजुरीमा साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोप छ ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङविरुछ धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको हो ।

बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेकोमा साम्पाङ उक्त ऐनको विरुद्धमा गएको उजुरीमा उल्लेख छ ।