काठमाडौं, १२ माघ । सरकारले विभिन्न चार वटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
मन्त्री अर्यालका अनुसार सरकारले सोती खोला जलविद्युत आयोजना, तामाकोशी ५औं जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको हो ।
त्यसैगरी, सरकारले सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल विमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष तोकेको छ ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल विमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने,’– मन्त्री अर्यालले भने ।




प्रतिक्रिया