काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई बधाइ दिएका छन् । सभापति थापाले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।
‘हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित सम्पूर्ण राष्ट्रिय सभाका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’– उनले भनेका छन् ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको पदपूर्तिका लागि हिजो (माघ ११ गते) राष्ट्रिय सभा निर्वाचन भएको थियो । निर्वाचनबाट १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।




प्रतिक्रिया