लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौं, माघ १३ । लुम्बिनी प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी गराउने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिनेछ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन् । सैद्धान्तिक छलफलमा गरिएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।