गगनले सुनाए सर्लाहीमा चुनाव लड्न आउनुको कारण


काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने दाबी गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि सर्लाही–४ बाट उम्मेदवारी दिएर हिजोदेखि निर्वाचन क्षेत्रमा सक्रिय थापाले आज बलरा नगरपालिकाका अगुवा कार्यकर्तासँगको भेटमा यस्तो दाबी गरेका हुन् ।

उनले आफू जिम्मेवारीबाट भाग्ने व्यक्ति नभएको भन्दै नियमित महाधिवेशनबाट पनि सभापति बनेर आउने दाबी गरेका हुन् । सो क्रममा उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको स्पष्ट पारे । उनले आफू मधेशको गौरव बढाउनको लागि पनि सर्लाहीमा चुनावी प्रतिष्पर्धाको लागि आएको जिकिर गरे ।