बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा गाभियो


काठमाडौं, १३ माघ । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले नेतृत्व गरेको चुरे भावर पार्टी प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीमा गाभिएको छ ।

आज (मंगलबार) नेकपाको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच एकता घोषणा गरिएको छ । एकताका लागि नेकपाका संयोजक पुष्पकमल दाहाल र चुरे भावरका न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।