कांग्रेसले फागुन ७ गते जनकपुरमा विशेष सभा गर्ने


काठमाडौं, १३ माघ । नेपाली कांग्रेसले चुनावलाई लक्षित गरेर आगामी फागुन ७ गते जनकपुरमा विशेष सभा गर्ने भएको छ। आज (मंगलबार) पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता देवराज चालिसेले यसबारेमा जानकारी गराएका हुन् ।

यसअघि कांग्रेसले माघ १६ गते जनकपुरमा सभा गर्ने घोषणा गरेको थियो । तर, निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको कारण उक्त सभा रोकिएको हो । यसपटक पार्टी सभापति काठमाडौं छोडेर मधेश प्रदेशको सर्लाही–४ बाट चुनाव लडेको कारण पनि कांग्रेसले पहिलो सभा जनकपुरबाट थालनी गर्न खोजेको हो । सभापति थापा भने हिजोमात्रै आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारको लागि गएका छन् ।