काठमाडौं, १३ माघ । रास्वपा पार्टीको चुनावी वाचापत्र लेखनमा जुटेको छ । पार्टीका उपसभापति तथा पूर्व सांसद डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपा वाचापत्र लेखनमा जुटेको हो । त्यसको लागि रास्वपाले वाग्लेको नेतृत्वमा कार्यदल नै बनाउको छ । जसमा डा. नन्दन यादव, डा अरनिको पाण्डेलगायत छन् ।
भौगोलिक, ब्यबसायिक क्षेत्रगत साथै दलको संयन्त्रबाट सुझाव संकलनपश्चात् मस्यौदा बनिरहेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त वाचापत्र भने आगामी फागुन पहिलो साता सार्वजनिक गरिने भएको हो ।




प्रतिक्रिया