काठमाडौं, माघ १४ । नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ ।
अनुमगनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ । विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुमगन गरेको थियो । अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ ।




प्रतिक्रिया